नेपाली फिल्म ‘एक्स ९’ मा सुनिल शेट्टी !
‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको कारणले चर्चा छ । निर्देशक भट्ट फिल्मलाई बलियो बनाउन बलिउड कलाकारसम्म पुगेका छन् ।
केही अगाडि यो फिल्मको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई अफर गरिएको सार्वजनिक गरेका निर्देशक भट्टले अहिले फिल्मका लागि सुनिल शेट्टी फाइनल भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् । उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् ।
क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म २०७९ को दसैँमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण