टी–२० विश्वकप : सुपर १२ का खेलहरू आजदेखि
टी–२० विश्वकपको सुपर १२ चरणका खेलहरू आजदेखि सुरु हुँदैछ । समूह एकको पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा अबुधाबीमा सुरु हुनेछ । दुवै टोली उपाधि दाबेदार रहँदै आएपछि हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन् ।
यो समूहका अन्य टोलीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । समूहका रहेका ६ टोलीमध्ये शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् । त्यही भएर आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।
यस विश्वकपका चार क्वालिफायर खेल अबुधाबीमा भएको थियो । यसमध्ये तीनमा दोस्रो ब्याटिङ गर्ने टोली विजयी बनेको थियो । तर, हालसम्मका सबै खेललाई हेर्ने हो भने पहिलो ब्याटिङ गर्ने टोलीले नै धेरै जीत हासिल गरेका छन् ।
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले उनको टोली ७ जना ब्याट्सम्यान र चारवटा विशेषज्ञ बलर लिएर मैदानमा उत्रने बनाएका छन् । यसमा ग्लेन म्याक्सवेल, मिचेल मार्स र मार्कस स्टोइनिसले अलराउन्डरको भूमिका निभाउन सक्नेछन् । दक्षिण अफ्रिकी टोलीले अस्ट्रेलियाको चुनौतीलाई हेर्दै सुरुवाती ११ मा दुईवटा स्पीनरलाई सामेल गर्न सक्ने अनुमान गरिएको छ ।
हेड टु हेड खेलहरूमा दुई टोली २१ पटक भिडेका छन् जसमा अस्ट्रेलियाले १३ र दक्षिण अफ्रिकाले ८ खेलमा जीत हासिल गरेका छन् । आज नै समूहको दोस्रो खेलमा साँझ वेस्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण