दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।
‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको समेत उनले बताए । सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताउँदै गठबन्धन दलहरु बीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए ।
उनले भने, ‘सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउँछ, अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो लागिसकेको छैन ।’ उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि काँग्रेसले गर्ने सम्भावना जीवित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?
-
‘अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित बजेट आउँछ’
-
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
-
महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न
-
थलीमा मृत भेटिएका कृष्ण नगरकोटीको घाँटीमा चोट