शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीए हेटौंडाको कार्यालय हटाउन माग गर्दै विप्लव नेतृत्वको नेकपासहित १५ संस्थाको ज्ञापनपत्र

सोमबार, ०८ कात्तिक २०७८, १८ : १६
सोमबार, ०८ कात्तिक २०७८

अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको एमसीएको हेटौंडास्थित कार्यालय हटाउन माग गर्दै विप्लव नेतृत्वको नेकपाको नेतृत्वमा १५ वटा संस्थाले ज्ञापन पत्र बुझाएका छन् । सोमबार हेटौंडास्थित एमसीएको कार्यालयका प्रतिनिधिलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।  सरकारबाट वैधानिकता नै नपाएको विवादित विषय एमसीसीले हेटौंडामा आफ्नो कार्यालय खोलेर विगतदेखि नै विभिन्न गतिविधि संचालन गर्नु आफैमा गैरकानुनी भएकाले कार्यालय हटाउन पत्र बुझाएको नेकपाका केन्द्रीय सदस्य इन्द्र बहादुर परियारले बताए ।

नेपाल सरकार कै जिम्मेवार निकायको भवनमा एमसीएले कार्यालय स्थापना गरी शंकास्पद रुपमा काम कारवाही गर्दा नियमनकारी निकायहरु मौन बसेकाले आफूसहित अन्य १५ वटा सरोकारवाला निकायले कार्यालय हटाउन आग्रह गरेको उनको भनाई छ । 
एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधिनता, संविधान कानून, सुरक्षा अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध विपरित रहेको  सो पत्रमा उल्लेख छ । 

देश र जनताको हित विपरितको सम्झौतालाई जवरजस्ती लाद्ने कार्य नगर्न पनि ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप