रजनीकान्त अस्पताल भर्ना, माइनर सर्जरी गरियो
वरिष्ठ अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा. अरविन्दन सेल्वाराजका अनुसार ७० वर्षीय कलाकारलाई कैरोटिड आर्टरी रीवेस्कुलराइजेसनको सल्लाह दिइएको थियो । जसलाई शुक्रबार सम्पन्न गरिएको हो । यसपछि रजनीकान्तको स्वास्थ्यमा सुधार भइरहेको डाक्टरहरूको भनाइ छ । यद्यपि उनले केही दिन अझै अस्पतालमा नै बिताउनुपर्नेछ । शरीरको कुनै पनि अङ्ग वा कुनै टिस्युमा रक्त प्रवाह रोकिएपछि समस्या देखिन्छ । यसका लागि कैरोटिड एन्डाटेरेक्टोमी सर्जरी गरिन्छ । यसको मद्दतले रक्त प्रवाह कायम राखेर स्ट्रोकको खतरा कम गरिन्छ ।
रजनीकान्त गत वर्ष डिसेम्बरमा पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनी हैदराबादमा सुटिङ गरिरहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो । रजनीले रक्तचाप र थकानको समस्या रहेको बताएका थिए । स्वास्थ्यकै कारणले उनले गत वर्ष राजनीतिमा प्रवेश स्थगित गरेका थिए । उनले राजनीतिक दल खोल्ने बताए पनि त्यो हुन सकेन । रजनीकान्त हरेक वर्ष स्वास्थ्य चेकअपका लागि अमेरिका जान्छन् । सन् २०१६ मा रजनीकान्तको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण