४८ वर्ष पुगिन् ऐश्वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।
कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन् ।
सन् १९९४ मा ‘मिस इन्डिया’ को उपविजेता बनेकी उनले सोही वर्ष ‘मिस वर्ल्ड’ को ताज जितेकी थिइन् । ‘मिस वर्ल्ड’ बनेपछि भने मनोरञ्जन उद्योगमा उनको डिमान्ड निकै बढेको थियो । सोही कारण पनि उनलाई लगातार फिल्मको अफर मिल्यो ।
उनले १९९७ मा मणिरत्नमको फिल्म ‘इरुवर’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । सोही वर्ष उनी बलिउड फिल्म ‘और प्यार हो गया’ मा समेत देखिएकी थिइन् । दुबै फिल्म बक्स अफिसमा फ्लप साबित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण