शाहरुखको जन्मदिनमा फ्यानलाई घरमा निषेध !
आजबाट बलिउड स्टार शाहरुख खान ५६ वर्षको भए । हरेक वर्ष शाहरुख खानलाई हेर्नका लागि उनको जन्मदिनका अवसरमा ठूलो संख्यामा फ्यानहरुको ओइरो लाग्ने गर्छ । मुम्बईको बान्द्रास्थित शाहरुख बस्दै आएको भवनलाई मन्नत भनिन्छ ।
यस घरबाट बाहिर निस्किएर शाहरुखले आफ्नो समर्थकहरुलाई अभिवादन गर्दै जन्मदिन मनाउने गरेका थिए । तर, यसपटक प्रहरीले शाहरुखको घरमा समर्थकहरुलाई भेला हुन नै रोक लगाएको छ । सञ्चारमाध्यमलाई पनि यस घरमा जान प्रहरीले रोक लगाएको छ ।
प्रहरीका अनुसार शाहरुखले यसपटक अर्कै घरमा जन्मदिन मनाउँदैछन् । शाहरुखकी म्यानेजर पुजा दादलानीले यस्तो जानकारी प्रहरीलाई दिएकी हुन् । शाहरुखले आफ्ना छोरा आर्यन खान र परिवारसँग यसपटक अलीबागस्थित आफ्नो फार्महाउसमा जन्मदिन मनाउन लागेका हुन् ।
ड्रग्स केसमा मुछिएका आर्यन भर्खरैमात्र जमानतमा रिहाएका छन् । उनले हरेक शुक्रबार नेशनल नार्कोटिक्स कन्ट्रोल ब्युरोमा हाजिर गर्नुपर्ने हुन्छ । उनलाई तत्कालका लागि देश छाड्ने अनुमति पनि छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण