आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न - झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?

प्रदेश कमिटीको बैठक अवैध : भीम रावल
मङ्गलबार, २३ कात्तिक २०७८, ०९ : २९
मङ्गलबार, २३ कात्तिक २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बोलाइएको सुदूरपश्चिम कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको रावलको दाबी छ ।

बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुँदै बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनले प्रश्न छ – अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?

पार्टीको सुदूरपश्चिम कमिटीको बैठक मंगलबार पार्टी कार्यालयमा ११ बजे बोलाइएको प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावलले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हामीले भीम रावल कमरेडलाई पनि निमन्त्रणा पठाएका छौँ । आउनु हुने वा नहुने वहाँको कुरा हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप