वायु प्रदुषणले मुटुलाई कमजोर बनाउने, मिर्गौला रोगीका लागि खतरनाक
अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ । अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरुको मुटु वायु प्रदुषणका कारण कमजोर हुने पत्ता लगाएको छ । बिहीबार अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी विक–२०२१ मा वायु प्रदुषणले मुटु कमजोर गराउने दावी गरिएको हो । जसमा वायु प्रदुषणको सीधा असर मुटुमा पर्ने जानकारी दिइएको छ ।
अनुसन्धानकर्ताका अनुसार उच्च रक्तचापको समस्याबाट गुज्रिरहेका मिर्गौला रोगीहरुलाई ग्लेसिटीन–३ को स्तर बढी भएको पाइयो । यसको सीधा सम्बन्ध वायु प्रदुषणसँग छ । यसले मुटुको भित्रसम्म पुगेर कमजोर बनाउने काम गर्छ ।
मुटुको सुरक्षा
मुटुलाई स्वस्थ राख्नका लागि हरेक दिन सामान्य व्यायाम गर्ने गर्नुपर्छ । भने, खानपानमा पनि विशेष ध्यान आवश्यक छ । यसका साथै, खानामा नुन र फ्याटको मात्रा कम प्रयोग गर्नुपर्छ । यदि दैनिक व्यायाम गर्न सम्भव नभए हरेक दिन हिँड्ने गर्नुपर्छ । चुरोट पिउने बानीलाई हटाउनु पर्छ । यसले मुटुको रोग बढाउँछ ।
मोटोपनको असर
पुरुषको पेटको मोटाई ९० सेन्टिमिटर र महिलाको ८० सेन्टिमिटरभन्दा कम हुन आवश्यक छ । यदि पेट बढ्दै जाने समस्या छ भने प्रिम्याच्योर हर्ट अट्याकको खतरा बढ्छ । त्यसैले आफूले खाने खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ । भने, ७ देखि ८ घण्टासम्म निदाउनुपर्छ । दिउँसोको खानापछि सुत्नु मुटुका लागि फाइदाजनक मानिन्छ ।
खतरनाक लक्षण
–छाती दुख्ने
–छाती थिचे जस्तो महसुस हुने
–सास फुल्ने
–हातगोडा चिसो हुने
–गर्दन, बंगरा, पेटको माथिल्लो भाग, कम्मरभन्दा माथि अत्यधिक पीडा हुने र उक्त दुखाई बायाँतर्फ बढ्न थालेमा तुरुन्तै अस्पताल जानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण