आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिसोर्टको अवार्ड

शनिबार, २७ कात्तिक २०७८, २० : ४७
शनिबार, २७ कात्तिक २०७८

चन्द्रागिरि हिल्स रिसोर्टले नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्राप्त गरेको छ । चन्द्रागिरि हिल्समा रहेको रिसोर्टले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड पाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरे ।

चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप