राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै
आइतबार, २८ कात्तिक २०७८, ०८ : २२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन गर्दा भक्तपुरमा विवाद भएका कारण सो जिल्लामा भने नेतृत्व चयन भएको छैन ।
राप्रपाको सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव भने मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण