विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् ।
आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गरेकी छन् ।
उनले आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत्को दर नै महँगो भएकाले पहिलो कदम नै महसुल समायोजन भएको बताइन् । उनले भनिन्, ‘ ‘हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन,’ उनले भनिन्, ‘विद्युत्को दरमा पुनर्विचार गरेर विद्युत् महसुल समायोजन गर्न लागिएको हो ।’
उनले निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढी भन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरि जनस्तरसम्म पुर्याउने योजना रहेको बताइन् । उनले जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै पहिलो आफ्नो सपना भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा