‘बन्टी और बब्ली’बाट किन आउट भए अभिषेक ?
निकै रुचाइएको बलिउड चलचित्रको ‘बन्टी और बब्ली’ सिक्वेलबाट अभिषेक बच्चन किन बाहिरिए भन्ने यतिबेला सबैको चासो रहेको छ । अभिषेकको स्थानमा अहिले रानी मुखर्जीको अपोजिट सैफ अली खानलाई लिइएको छ । यसको एकमात्र कारण भनेको ‘धूम ३’ चलचित्रको निर्माणको क्रममा निर्माता आदित्य चोपराबीच भएको विवाद हो ।
स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, ‘धूम ३ को स्क्रीप्ट अमिर खानको पक्षमा बारम्बार परिवर्तन गरियो । अभिषेकले निर्माता आदित्य चोपरा र निर्देशक विजय कृष्ण आचार्यसँग यसको विरोध गरे पनि बेवास्ता गरियो । यसमा चलचित्रको क्लाइम्याक्सले अन्तिम वारको काम गर्यो । जब अभिषेक त्यसको सुटिङका लागि सुटिङ स्थलमा पुगे, चलचित्रको पुरै क्लाइम्याक्स नै उनलाई थाहा नै नदिइ परिवर्तन गरिएको थाहा पाए । त्यसपछि अभिषेक क्रुद्ध बने र आदित्यलाई अब फेरि ‘धूम’ चलचित्रमा काम नगर्ने बताए ।’
यता, अभिषेकको विरोध आदित्यलाई चित्त बुझेन । त्यसयता, दुईबीच शीतयुद्ध जस्तै अवस्था रहेको छ । बन्टी और बब्ली–२ अभिषेकलाई अफर गरिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे । उता, सन् २००६ मा आएको 'बन्टी और बल्बी'पछि आदित्य चोपराकी श्रीमतीसमेत रहेकी रानी मुखर्जीसँग पनि अभिषेकको बोलचाल छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण