पार्टी सभापति देउवालाई नै बनाउनुपर्छः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले एउटै व्यक्तिलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउनुपर्ने जिकिर गर्दै दुवै पदमा शेरबहादुर देउवा उपर्युक्त रहेको बताएका छन् । आज रुपन्देहीमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै खाँणले देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेको बताउँदै आगामी निर्वाचनमा पार्टीको नेतृत्व पनि देउवाले नै गर्नुपर्ने बताए ।
काँग्रेस कमजोर भए जनताको हकअधिकार कमजोर हुने बताउँदै एकताबद्ध काँग्रेसले मात्र संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ थियो । कांग्रेसकै अगुवाईमा मुलुकमा संविधानसभाबाट संविधान बनेको स्मरण गर्दै खाँणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह पनि गरे । उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्दै सरकारले शान्ति प्रक्रियालाई अगाडी बढाउन संकल्प लिएको बताए ।
विप्लव समूहको राजनीतिक माग–मुद्दालाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागेको खाँणको भनाइ थियो । भारी वर्षातले किसान पीडित भएकाले सरकारले किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको बताए ।
निजामति सेवालाई कसरी अझ वैज्ञानिक बनाउने, कर्मचारीलाई अझ बढी जिम्मेवार बनाएर नागरिकलाई सहज तरिकाले सेवाप्रभाव गर्नेतर्फ सरकार लागेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस नेपालको राष्ट्रियता बलियो बनाउन चाहेकोले महाधिवेशनले नयाँ जिम्मेवारीबोध गराउने बताउदै महाधिवेशनलाई सफल बनाउने सवैको जिम्मेवारी रहेको बताए ।
नेता खाँणले जितेकाले जित्न नसकेकालाई समेटेर लैजानुपर्नेमा जोड दिए । ‘कांग्रेस सरकारमा रहेको बेला पार्टी व्यवस्थापनमा केही समस्या देखिएका छन्, विगतमा सरकार र पार्टीलाई गतिशील बनाउन सकिएको थिएन,अब त्यसो हुन्न,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण