बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा

बिहीबार, ३२ असार २०८३, १२ : २४
बिहीबार, ३२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको आधिकारिक वेबसाइटमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली अद्यावधिक गरेको छ ।
  • पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम वेबसाइटमा सार्वजनिक गरिएको छ, जसमा सभापति रवि लामिछाने पहिलो स्थानमा छन् ।
  • निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी १३औँ वरीयतामा परेका छन्, जबकि अन्य निर्वाचित सदस्यहरू पनि विभिन्न स्थानमा सूचीकृत भएका छन् ।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली पार्टीको आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको छ ।
 असार(७–१२)सम्म चितवनमा भएको प्रथम महाविधेशनबाट ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

रास्वपाले वेवसाइटमा अध्यावधिक गरेको पहिलो वरीयतामा सभापति रवि लामिछाने छन् । दोस्रोमा उपसभाति डा. स्वर्णिम वाग्ले, तेस्रोमा महिला उपसभापति सोविता गौतम छिन् । महामन्त्री विपिन कुमार आचार्य चौथो, प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार रहेको सहमहामन्त्री असिम शाह पाचौ स्थानमा छन् । 

अर्का सहमहामन्त्री हरि ढकाल छैटौ र महिला सहमहामन्त्री निशा डाँगी सातौ स्थानमा छन् । निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी १३औँ वरीयतामा रहेका छन् । 

बुर्लाकोटीभन्दा अगाडि शिशिर खनाल आठौँ, सागर ढकाल नवौँ, डा. तोसिमा कार्की १०औँ, रञ्जु दर्शना ११औँ र निर्वतमान प्रवक्ता मनिष झा १२औँ वरीयतामा छन् । 

विवेकशील साझाकी पूर्वअध्यक्ष रहेकी समीक्षा बासकोटा २७औँ वरीयतामा छिन् । निवर्तमान कोषाध्यष लिमा अधिकारी ३३औँ वरीयतामा छिन् । १५८ सदस्यीय केन्द्रीय समिति रहेको रास्वपामा एक वरिष्ठ नेता, ११ पदाधिकारी सहित ५१ जना मनोनित हुन बाँकी छन् । 

RSP Leaders

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप