कर्णाली प्रदेश
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बिहीबार, ३२ असार २०८३, १६ : ५०
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
- विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको हो । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।
तर बिहीबार कांग्रेसका केही सांसद प्रतिपक्ष दलसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वासको प्रस्ताव दर्ता भएको रातोपाटीलाई पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि अन्तिम नृत्य अझैँ बाँकी छ
-
१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
-
मन्त्रिपरिषद् बैठकका सात निर्णय : मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनदेखि नयाँ सिक्का निष्कासनसम्म
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्देन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण