शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संवैधानिक परिषद् बैठक

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

गुरु प्रसाद वाग्ले र राजिव सुब्बा आयुक्त सिफारिस, प्रतिपक्षी दलकाे आपत्ति
शुक्रबार, १९ असार २०८३, १९ : ०३
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिस गरेको छ भने आयोगका रिक्त आयुक्त पदमा गुरु प्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावित व्यक्ति उपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका थिए । 

उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरू उपर पर्याप्त छलफलपछि मात्रै सिफारिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।

साथै आङ्देम्बेले विपक्षी दलसँग संवादहीनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप