शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसमा रोमान्टिक नेहुप्रीत

मङ्गलबार, ०७ मङ्सिर २०७८, १६ : ५०
मङ्गलबार, ०७ मङ्सिर २०७८

मुम्बई । गायिका नेहा कक्कड पति रोहनप्रीत सिंहसँग प्रेम सिटी पेरिसमा छिन् । केही दिन पहिले उनीहरुले तस्बिर सार्वजनिक गर्दै आफूहरु घुमघाममा पेरिस रहेको जानकारी दिएका थिए ।

अहिले फेरि यो जोडीले केही तस्बिर सार्वजनिक गरेका छन् ।  तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्बिरमा दुबैको रोमान्टिक अन्दाज देख्न सकिन्छ । दुबै पेरिसको आइफिल टावरको अगाडि एकअर्काको प्रेममा रमाएको देख्न सकिन्छ ।

नेहुप्रीत आइफिल टावरको नजिक रहेको पुलमा बसेर ‘लिपलक किस’ गर्दै गरेर खिचाएका छन् । तस्बिर शेयर गर्दै नेहाले लेखेकी छन् ‘प्रेमको शहर पेरिस निकै राम्रो देखिन्छ ।’ उनले रोहनप्रीत साथमा भएको समय मात्र आफुले पेरिस राम्रो देख्ने उल्लेख गरेकी छन् ।

रोहनप्रीतले भने मानिसहरुले आइफिल टावरलाई गर्ने भन्दा बढी प्रेम नेहालाई गर्ने बताएका छन् । फ्यानले नेहा र रोहनप्रीतको तस्बिरलार्इं निकै लाइक बर्साएका छन् ।

नेहा र रोहनप्रीत २४ अक्टोबर २०२० मा विवाह बन्धमा बाँधिएका थिए । यी दुबै विवाहदेखि रिसेप्सनसम्मको थुप्रै तस्बिर इन्टरनेटमा भाइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप