शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

बुधबार, ०८ मङ्सिर २०७८, २१ : २९
बुधबार, ०८ मङ्सिर २०७८

गोदावरीबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदाबारी नगरपालिका - १२ ठेचोबाट कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरि प्रदेश३ ०२-०१४ प १२८३ नम्बर हालेर चलाइरहेको अवस्थामा गोदाबारी नगरपालिका - १२ ठेचो, ललितपुर बस्ने छोरा वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश-०२-०१६ प १९३७  रहेको खुल्न आएको पनि उनले बताए । पक्राउ भएको मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ माकलबारी बस्ने मनिस सेन्चुरीले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप