सुनको मूल्यमा सामान्य गिरावट
बिहीबार, ०९ मङ्सिर २०७८, ११ : ११
आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ छ । महासंघले हिजो बुधबार हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले आजको मूल्य सूचीमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
-
एप्पले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
-
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार
-
गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह