शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसमाथि रेलिगेशनको बादल

मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : २५
मङ्गलबार, २१ मङ्सिर २०७८

पछिल्ला दुई खेलमा जीत हासिल गरेपछि थोरै राहत पाएको युभेन्टसले मैदानमा केही राहत महसुस गरे पनि मैदानबाहिर भने ठूलो समस्यामा फस्ने देखिएको छ । इटालियन फुटबलमा ‘क्याल्सियोपोली’ पछि कै ठूलो विवाद भनिएको आर्थिक अनियमितताको अनुसन्धानमा युभेन्टसको नाम पनि मुछिएको हो ।

रेफ्रीको स्क्यान्डलमा सन् २००६ मा युभेन्टस दोस्रो डिभिजनमा रेलिगेसनमा पर्नुका साथै क्लबबाट दुईवटा सिरिए एको उपाधि खोसिएको थियो ।  त्यतिबेला एसी मिलान, फ्लोरेन्टिना, लाजियो र रेजिनाबाट पनि अंक घटाइएको थियो । यसपटक क्लबको अर्थतन्त्र, पुँजीगत लाभको बारेमा अनुसन्धान भइरहेको छ ।

फुटलबमा पुँजीगत लाभ कुनै पनि खेलाडीको खरिदबिक्रीमा प्राप्त हुन्छ । क्लबको वार्षिक फाइदामा यो जोडिने हुँदा युईएफएले फाइनान्सीयल फेयर प्ले (एफएफपी) लागू गरेपछि यो झनै महत्त्वपूर्ण बनेको छ । आजभोलि क्लबको ब्यालेन्स सिटलाई निकै सूक्ष्म तरिकाले अनुसन्धान गरिने हुँदा एफएफपीको नियम तोड्नेलाई कारबाही पनि गरिन्छ । यस्तोमा क्लबहरुले नाफा बढी देखाउन केही ट्रान्सफरमा बढी फाइदा देखाउन गरेका छन् ।

गत सिजन आर्थर मेलो काटालुनियाबाट टुरिन र मिरालेम पियानिच विपरित दिशामा गएका थिए । आधिकारिकरुपमा दुई ट्रान्सफर एक अर्कामा सम्बन्धित नरहेको बताइउको थियो । बार्सिलोनाले आर्थरका लागि युभेले ७.२ करोड युरो तिर्न सहमत भएको बताएको थियो भने पियानिचलाई बार्साले ६ करोड युरोमा खरिद गरेको बताइएको थियो ।

यो सम्झौता दुवै क्लबका लागि फाइदाजनक थियो, विशेष गरेर बार्सिलोनाका लागि । त्यही भएर त्यतिबेला पनि यो करार फुटबलभन्दा पनि क्लबको अर्थतन्त्रसँग सम्बन्धित रहेको बताइएको थियो । दुवै खेलाडीको ट्रान्स्फर रकम यति धेरै नहुनु पर्ने थियो तर कोभिड–१९ को महामारीबीच यसलाई ख्याल नै गरिएन । अहिले भने इटालीका तीन नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको छ । यस्तै अनियमितता युभे र सिटीबीच ड्यानिलो र जोआ क्लानेसेलोको खरिद बिक्रीमा भएको आशंका गरिएको छ ।

यसमा युभेका अध्यक्ष आन्द्रेया एग्नेली, उपाध्यक्ष पाभेल नेडभेड लगायत अधिकारीहरु अनुसन्धानमा मुछिएका छन् । क्लबले यस अनुसन्धानलाई पूर्णमा सहयोग गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप