आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

‘आरआरआर’ क्रेज, नयाँ रेकर्ड बनाउँदै चलचित्रको ट्रेलर

शनिबार, २५ मङ्सिर २०७८, १० : १८
शनिबार, २५ मङ्सिर २०७८

बाहुबली चलचित्रका निर्देशक एसएस राजामौलीद्वारा निर्देशित आरआरआरको ट्रेलर इन्टरनेटमा धमाका मच्चाइरहेको छ । हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गरिएको ट्रेलरले मात्र २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गरेको छ । मात्र २४ घण्टामा ५ करोड बढी भ्यूज प्राप्त गर्ने यो पहिलो भारतीय चलचित्र बनेको छ ।

यसले अन्य चलचित्रका ट्रेलरले बनाएको रेकर्ड पनि तोड्ने आँकलन गरिएको छ । हालसम्म सबैभन्दा धेरै पटक हेरिएको ट्रेलरको रेकड कन्नड अभिनेता यशको नाममा रहेको छ । केजीएफ च्याप्टर २ को टिजरले २२.८ करोड भ्यूज प्राप्त गरेको छ । दोस्रो स्थानमा १३ करोड भ्युजसहित ऋतिक र टाइगर श्रौफ अभिनित वार रहेको छ । तेस्रो स्थानमा १२.४ करोड भ्युजसहित बाघी ३ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप