मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

बिहीबार, ०१ पुस २०७८, १६ : १०
बिहीबार, ०१ पुस २०७८

 नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।

उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । महाधिवेशन प्रतिनिधिहरुले दुवै युवा महामन्त्री एउटै जोडी बनेर काम गरुन् भन्ने अपेक्षाका साथ आफूहरुलाई मत दिएको उनको भनाइ थियो । उनले पहिलाभन्दा अझ जिम्मेवार, अझ मेहनती बन्नुपर्ने भन्दै यस दिशामा आफू गम्भीर भएर अघि बढ्ने बताए ।

आफूलाई फरक विचार समूहमा रहका साथीले समेत मत दिएर जिताएको भन्दै शर्माले फरक विचार समूहका साथीहरुलाई समेत समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप