विराजको ‘१२ गाउँ’मा सनिशा
काठमाडौँ । अभिनेता बिराज भट्टले निर्माण गर्न लागेको फिल्म हो ‘१२ गाउँ’ । फिल्म अहिले प्रि प्रोडक्सनमा छ । यस्तैमा फिल्मको अभिनेत्रीको रूपमा सनिशा भट्टराई छनौट भएकी छन् । सनिशा मोडल हुन् ।
फिल्मको निर्देशन पनि भट्टले नै गर्न लागेका हुन् । भट्टले आफ्नो फिल्ममा सनिशा मुख्य कलाकारको रूपमा भित्रिएको जानकारी दिए ।
उनले सनिशासँगको केही तस्बिर सेयर गर्दै सामाजिक संजालमा भनेका छन्, ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
सनिशाले गायक हिमाल सागरको ‘ए होर माया’, अनु चौधरीको ‘तिमीलाई हेर्ने बानी प¥यो’ लगायत थुप्रै गतिमा मोडलिङ गरेकी छन् ।
‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र भट्टकै छोरा समीर पनि मुख्य भूमिकामा देखिँदै छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण