शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विराजको ‘१२ गाउँ’मा सनिशा

मङ्गलबार, १८ वैशाख २०८१, ०९ : ०१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । अभिनेता बिराज भट्टले निर्माण गर्न लागेको फिल्म हो ‘१२ गाउँ’ । फिल्म अहिले प्रि प्रोडक्सनमा छ । यस्तैमा फिल्मको अभिनेत्रीको रूपमा सनिशा भट्टराई छनौट भएकी छन् । सनिशा मोडल हुन् ।

फिल्मको निर्देशन पनि भट्टले नै गर्न लागेका हुन् । भट्टले आफ्नो फिल्ममा सनिशा मुख्य कलाकारको रूपमा भित्रिएको जानकारी दिए ।

उनले सनिशासँगको केही तस्बिर सेयर गर्दै सामाजिक संजालमा भनेका छन्, ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

सनिशाले गायक हिमाल सागरको ‘ए होर माया’, अनु चौधरीको ‘तिमीलाई हेर्ने बानी प¥यो’ लगायत थुप्रै गतिमा मोडलिङ गरेकी छन् ।

‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र भट्टकै छोरा समीर पनि मुख्य भूमिकामा देखिँदै छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप