मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीको मतगणनामा राठाैरकाे अग्रता

शुक्रबार, ०२ पुस २०७८, १२ : ४१
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो ।  यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

खस/आर्यतर्फ  देउवा समूहका किशाेरसिंह राठाैरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएकाे छ । जसमा राठाैरले एक सय सात र चालिसेले ९१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप