आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

ऐश्वर्यामाथि सोधपुछ भइराख्दा जया बच्चनले राज्यसभामा रिस पोख्दै भनिन्, ‘म श्राप दिन्छु’

मङ्गलबार, ०६ पुस २०७८, ११ : ०८
मङ्गलबार, ०६ पुस २०७८

पनामा पेपर लिक मामिलामा सोमबार एकातिर ऐश्वर्या राय बच्चनसँग प्रवर्तन निर्देशनालय (इडी) सोधपुछ गरिरहेको थियो, यस्तै अर्कोतर्फ राज्यसभामा सरकारमाथि सपा सांसद जया बच्चनको रिसको पारो निकै माथि चढेको थियो । रिसले चुर भएकी जया बच्चनले केन्द्र सरकार र भाजपा सांसदलाई यहाँसम्म भनिन् कि, ‘म श्राप दिन्छु कि बीजेपीका खराब दिन छिट्टै नै आउनेछन् ।’

वास्तवमा, नारकोटिक्स ड्रग्स र साइकोट्रोपिक पदार्थ (संसोधन) विधेयक सन् २०२१ मा चर्चा गर्नका लागि जब जया बच्चनलाई बोलाइयो तब उनले आउने बित्तिकै भनिन्, ‘म तपाईंलाई (कुर्सीमा कांग्रेस सांसद भुवनेश्वरी कालिता बसेकी थिइन्) धन्यवाद दिन चाहन्नँ किनभने मैले बुझ्न सकेको छैन कि तपाईं चिच्याउँदै इनारतिर गएको समयलाई याद गरुँ कि आज तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, यो दिनलाई याद गरुँ ।’

भाजपा सांसदले जयाको बयानमा जताए आपत्तिः

जया बच्चनको कुरामा भाजपा सांसद राकेश सिन्हाले संसदको गरिमालाई कम गरेको आरोप लगाए । सिन्हाले जयालाई स्पिकरलाई व्यक्तिगत रुपमा सम्बोधित गरेको आरोप लगाए । उनले भने, ‘सदनमा यस्तो व्यवहार देखाउने तरिका होइन । यसले सदनको गरिमालाई ठेस पुगेको छ । कसैले पनि यसरी कुर्सीको अपमान गर्न सक्दैनँ ।’

यो सुन्ने बित्तिकै जया बच्चन भाजपा सांसदमाथि खनिइन् र तथानाम भन्न थालिन् ।

 


जब रिसले रातो भइन् जयाः

भाजपा सांसद राकेश सिन्हाको कुरामा जया बच्चन अत्यधिक रिसाइन् । रिसले रातो भएकी जयाले भनिन्, ‘तपाईं हामीलाई बोल्नै दिनुहुन्नँ भने तपाईं नै (भाजपा सांसद) एक्लैले सदन चलाउनुहोस् ।’

जयाले यतिबेला विपक्षी सांसद तर्फ इशारा गर्दै भनिन्, ‘तपाईंहरु पनि आखिर कसको अगाडि बिन बजाइरहनुभएको छ ?’

 


जयाले भनिन्, ‘त्यसो भए हाम्रो घाँटी थिचिदिनुहोस्’

जया बच्चनले भनिन्, ‘सदनमा जे भइरहेको छ त्यो निकै दुःखद हो ।’

उनले सरकारमाथि निशाना साँध्दै भनिन्, ‘तपाईंको खराब दिन छिट्टै आउँदैछ, यसका लागि तपाईंलाई मेरो तर्फबाट श्राप छ । यदि तपाईंहरुमा आफना साथीका लागि अलिकति पनि सम्मान छैन भने हाम्रो घाँटी थिचिदिनुहोस्, बोल्न त दिइरहनुभएको छैन । तपाईंको खराब दिन आउनेछन् । म श्राप दिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप