‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित
फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाे बजेटको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेका छन् । बक्सअफिसमा फिल्मको भीडभाड कम गर्नका लागि निर्माताले यो कदम चालेका हुन् ।
दक्षिण भारतीय फिल्म उद्योगमा ‘पोंगल त्योहार’को आसपास फिल्म रिलिज गर्ने चलन छ । यही समयमा तीन तेलुगु फिल्म रिलिजको लागि तयारी अवस्थामा थिए । जसमा महेश बाबुको ‘सरकारु वारी पाटा’, दिल राजुको ‘एफ ३’ र चीनाबाबू र पवन कल्याणको ‘भीमला नायक’ थिए । यी तीन फिल्मले तत्कालका लागि रिलिज मिति सारेका छन् ।
निर्देशक राजामौलीले तीन फिल्मको रिलिज मिति सारेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । ‘पोंगलको अवसरमा फिल्मको भीड कम गर्ने कामको सुरुवात महेश बाबुले गरेका छन् । सरकारी वारी पाटा पोंगलका लागि महत्त्वपूर्ण फिल्म भए पनि यो फिल्मलाई गर्मी मौसममा लगिएको छ र एक स्वस्थ वातावरण निर्माण गरिएको छ ।
मेरो हिरो र मैत्री मूभी मेकर्सको सम्पूर्ण टिमलाई धन्यवाद । दिल राजु गरु र एफ ३ फिल्मको टिमलाई पनि धन्यवाद । चीना बाबु गरु र पवन कल्याण गरुको भीमल नायाको रिलिज सार्ने निर्णय स्वागतयोग्य हो । टिमलाई शुभकामना’, सामाजिक सञ्जालमा निर्देशक राजामौलीले लेखेका छन् ।
राजामौली हालका दिनमा ‘आरआरआर’को प्रमोसनमा व्यस्त छन् । फिल्ममा राम चरन र एनटीआर जुनियर प्रमुख भूमिकामा छन् । यीबाहेक अजय देवगन र आलिया भट्टको पनि अभिनय छ । फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ प्रदर्शनको करिब चार वर्षपछि राजामौलीको फिल्म आउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण