चीनमा चार महिनापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए
चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो । सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ ।
चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा