शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बिहीबार, १५ पुस २०७८, ११ : १७
बिहीबार, १५ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८८ रूपैयाँ तोकेको छ । यस्तै, राष्ट्र बैंकले डलरको खरिद मूल्य ११९.२८ रुपैयाँ तोकिएको जानकारी दिएको छ । यसअघि एक अमेरिकी डलरको बिक्री मूल्य १२२ रुपैयाँसम्म पुगेको थियो । 

यसैगरी, एक यूरोको बिक्री दर १३५.२३ रूपैयाँ र खरिददर १३४.५५ रूपैयाँ छ । १६०.८१ रूपैयाँ बिक्रीदर कायम भएको डलरको खरिददर १६०.०१ रूपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यता ८८.५० रूपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.०५ रूपैयाँ कायम छ ।

यसैगरी, १० जापानी येनको बिक्रीदर १०.४३ रूपैयाँ र खरिद दर १०.३७ रूपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.८२ र खरिददर १८.७३ रूपैयाँ कायम भएको छ । ३१.९३ रूपैयाँ बिक्रीदर कायम भएको साउदी रियालको खरिददर ३१.७७ रूपैयाँ तोकिएको छ ।

यस्तै, ३२.९३ रूपैयाँ बिक्रीदर कायम भएको कतारी रियालको खरिददर ३२.७६ रूपैयाँ छ भने संयुक्त अरब इमिरेट्स (यूएईको दिरामको बिक्रीदर ३२.६४ र खरिददर ३२.४७ रूपैयाँ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप