सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको नेतृत्व कार्यकर्ताकै हाराहारीमा बसेर भोजन गर्दै

आइतबार, १८ पुस २०७८, १२ : ३४
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रले जारी आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाका साथ अघि बढाउने घोषणा गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउन विभिन्न निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमै यी विषयलाई प्रस्ट उल्लेख गरिएको छ भने राजनीतिक प्रस्तावमाथिको छलफलमा सहभागीहरुले पनि सामाजिक जीवनलाई जनमुखी बनाउन जोड दिएका छन् ।

जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले महाधिवेशनका क्रममा कार्यकर्ताहरुकै बीच रहेर खाना तथा खाजा खाएर परिवर्तनको सुरुवात आफैबाट गर्न थालेका हुन् ।

जनयुद्धका क्रममा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँघरका परम्परागत खाना खाएर संघर्ष गरेका नेताहरु विलासी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आरोप पछिल्लो समय व्याप्त थियो । आठौं राष्ट्रिय महाधिवेशनमार्फत नेताहरुको आचरण, व्यवहार र जीवनशैलीलाई जनमुखी बनाउनका लागि विभिन्न निर्णय गरिएका छन् । सोही अनुरुप माओवादी केन्द्रका शीर्ष नेताहरुले ती निर्णयलाई जारी महाधिवेशनमै कार्यकर्ताकै सामु आफूबाटै कार्यान्वयन गरी परिवर्तनको सन्देश प्रवाह गरेको र यो सकारात्मक रहेको नेता–कार्यकर्ताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप