दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
हतियारको इजाजत र नवीकरण सम्बन्धी छानबिन समितिले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापन र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने विषयमा सुझाव र सिफारिस गरिएको छ ।
५ चैत २०८० मा सर्वोच्च अदालत परिसरमा दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियार सहित प्रवेश गरेपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् । प्रसाईंको हतियार कानुनले तोके अनुसार इजाजत पत्र दिन मिल्ने खालको नदेखिएको छानबिन समितिको ठहर छ । प्रसाईंलाई देशभर हतियार लैजान दिने इजाजत नदिएको प्रतिवेदनमा उल्लेख छ ।
देशभर हतियार लिएर हिँड्दा नियमन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण