बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘मनसरा’को ‘झ्यालको’ गीत

सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘झ्यालको’ सार्वजनिक गरिएको छ । 

फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रविण खतिवडा र मिरुना मगरको फिल्ममा रहेको केही दृश्यहरू समावेश गीतले कथासार केही बुझाउँछ ।

झुमा लिम्बुको संगीत, हर्क साउदको शब्द र सनुप पौडेल र झुमा लिम्बुको स्वर गीतमा छ । ‘कविता कन्सर्ट’ गर्दै केही फरक शैलीमा प्रचार गरेको निर्माण युनिटले गीतले पनि फिल्मको प्रचारमा सहयोग पुग्ने विश्वास लिएको छ ।

फिल्म बाहुन र लिम्बुनीको निकटताले निम्ताएको समस्याको कथामा बनेको छ । फिल्ममा दयाहाङ र मिरुनाको अलवा प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया