कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
सोमबार, १७ वैशाख २०८१, १६ : ४२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेसम्म सरकार गठन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिलेसम्म पनि सरकार गठन गर्न नसक्नु राम्रो नभएको बताए ।
‘लोकलाज मान्नुपर्ने हो, यतिका दिनसम्म पनि सरकारले पूर्णता पाउँदैन, जनताले के भन्लान्,’ उनले प्रश्न गरे, ‘मुख्यमन्त्रीले यसअघिको बैठकमा यो स्थिति धेरै दिन रहँदैन भन्नुभयो । तर आज पनि खाली नै ?’
सरकार विस्तार नभई मन्त्री नहुँदा कतिपय फाइल रोकिएको उनले बताए । ‘यो महत्त्वपूर्ण समय हो, एउटा बजेट बनाउने समय हो,’उनले भने, ‘मन्त्रालय मन्त्रीविहीन छन् । यो राम्रो कुरा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल