सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको निर्वाचन तालिका तेस्रो पटक हेरफेर, सहमति नजुटे सोमबार मतदान हुने

आइतबार, १८ पुस २०७८, १४ : १२
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । 

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो । जसअनुसार सोमबार मतदान हुनेछ ।​

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप