माओवादीमा क्लस्टर अनुसार उम्मेदवारीका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने
आइतबार, १८ पुस २०७८, १७ : १८
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारी दिनका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार साह आइतबार बन्दसत्रलाई यसबारे जानकारी दिएका हुन् ।
उनले विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए । क्लस्टर मिलाएर आवेदन दिन जटिल भएको भन्दै उनले त्यसको सहजताका लागि स्थायी कमिटीमा छलफल गरेर नै यो निष्कर्षमा पुगेको बताए ।
जुन क्षेत्रका लागि जति कोटा हो, त्यसअनुसार नै आवेदन आउने गरी प्रदेशका इन्चार्जसँग सम्पर्क राखेर क्लस्टर अनुसार आवेदन गर्नुपर्ने उनले बताए । आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पराजयपछि माओवादी उम्मेदवार बुढा : लड्ने–नलड्ने दोधारबिच पनि मत बढाउन सफल भएँ
-
दलको सदस्यबाट धमाधम राजीनामा दिँदै शिक्षकहरू
-
संसद् बोलाउन बागमतीमा सर्वदलीय बैठक आह्वान
-
निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै अनिश्चितता
-
दमनलाई ओलीको बधाई, मतदातालाई धन्यवाद
-
किन ट्रोल भइरहेकी छिन् गर्भवती दीपिका पादुकोण ?