किन ट्रोल भइरहेकी छिन् गर्भवती दीपिका पादुकोण ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन् । तर यति नै बेला उनी निकै ट्रोल पनि भइरहेकी छिन् ।
उनको आगामी फिल्म ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर रिलिज भएपछि उनी ट्रोल हुन थालेकी हुन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि दीपिकाको लुकलाई लिएर नेटिजन्सले प्रतिक्रिया दिइरहेका छन् ।
दीपिका पादुकोणको तुलना अरू कसैसँग होइन ‘ज्यून’ फिल्मकी अभिनेत्री जेन्डायासँग भइरहेको छ । पोस्टरमा दीपिका खैरो रंगको पोशाकमा खुल्ला छोटो कपाल भएको देखिएकी छिन् । चलचित्र ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर हालै मात्र सार्वजनिक भएको थियो । यस फिल्ममा प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन पनि रहेका छन् । यस पोस्टरमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हलिउड फिल्म ‘ज्यून’की अभिनेत्री जेन्डायासँग तुलना भइरहेको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा मानिसहरु दीपिकाबारे लेखिरहेका छन् । एक जनाले उनलाई गरिबहरूको जेन्डया भनेका छन् । अर्कोले भने कल्कीको पोस्टरमा दीपिकाको जेन्डियाफिकेशन भनेर लेखेका छन् ।
यस फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन् । फिल्मको रिलिज मिति पटक–पटक अगाडि सरिरहेको छ । अब भने मेकरहरू यो फिल्मलाई जुन २७ मा ठुलो पर्दामा रिलिज गर्ने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण