बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

किन ट्रोल भइरहेकी छिन् गर्भवती दीपिका पादुकोण ?

सोमबार, १७ वैशाख २०८१, १५ : ४६
सोमबार, १७ वैशाख २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन् । तर यति नै बेला उनी निकै ट्रोल पनि भइरहेकी छिन् । 

उनको आगामी फिल्म ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर रिलिज भएपछि उनी ट्रोल हुन थालेकी हुन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि दीपिकाको लुकलाई लिएर नेटिजन्सले प्रतिक्रिया दिइरहेका छन् ।

दीपिका पादुकोणको तुलना अरू कसैसँग होइन  ‘ज्यून’ फिल्मकी अभिनेत्री जेन्डायासँग भइरहेको छ । पोस्टरमा दीपिका खैरो रंगको पोशाकमा खुल्ला छोटो कपाल भएको देखिएकी छिन् । चलचित्र ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर हालै मात्र सार्वजनिक भएको थियो । यस फिल्ममा प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन पनि रहेका छन् । यस पोस्टरमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हलिउड फिल्म ‘ज्यून’की अभिनेत्री जेन्डायासँग तुलना भइरहेको छ ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा मानिसहरु दीपिकाबारे लेखिरहेका छन् । एक जनाले उनलाई गरिबहरूको जेन्डया भनेका छन् । अर्कोले भने कल्कीको पोस्टरमा दीपिकाको जेन्डियाफिकेशन भनेर लेखेका छन् । 

यस फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन् । फिल्मको रिलिज मिति पटक–पटक अगाडि सरिरहेको छ । अब भने मेकरहरू यो फिल्मलाई जुन २७ मा ठुलो पर्दामा रिलिज गर्ने तयारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप