६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने
आइतबार, १८ पुस २०७८, १८ : ३६
नेकपा माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् । २९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेपछि बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएका हुन् ।
त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।