नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताएकी छन् ।
सोमबार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताइन् । उनले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताइन् । उनले आइटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् । उनले सूचना प्रविधि उद्योगको प्रवर्द्धनका लागि देश भित्र र बाहिरका साना तथा ठुला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पारिन् ।
मन्त्री शर्माले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिहरूको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताइन् । उनले सञ्चार मन्त्रालयले लगानी सम्मेलनमार्फत अघि सारेका विभिन्न परियोजनामा लगानीको वातावरण बनाउन लगानीकर्ताहरूको ध्यानाकर्षण पनि गराइन् ।
मन्त्री शर्माले सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभई विदेशी लगानीकर्ताहरूको समेत उपयुक्त स्थल भएको बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आइटी उद्योगहरू सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको बताइन् ।
मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिहरूलाई समयानुकूल परिमार्जन गरिरहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण