र्यापर जे स्ट्यासद्वारा २७ वर्षीया प्रेमिकाको गोली हानी हत्या, आफैंले पनि गरे आत्महत्या
र्‍यापर जे स्ट्यासले अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् । प्रेमिकाको हत्या पछि उनी आफैंले आत्महत्या गरेका छन् । रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।
घटना अंग्रेजी नयाँ वर्षको दिनमा भएको हो । प्रहरीलाई बिहानै सात बजे घटनाबारे जानकारी पाएको थियो । घटनास्थलमा पुग्दा प्रहरीले २८ वर्षीया जियनेट गालेगोस र आधिकारिक नाम जस्टिन जोसेप भएको २८ वर्षे जे स्ट्यासको शव घरभित्र भेटेको थियो ।
जे स्ट्यास र गालेगोस हालै क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट ग्रेजुएट भएका थिए । यी दुई विगत एक वर्षदेखि सम्बन्ध भएको बताइन्छ । प्रहरीका अनुसार यी दुईबीच सामान्य विवाद भएपछि र्‍यापरले प्रेमिकालाई मास्टर बेडरुममा लगेर भित्रबाट चुकुल लगाएका थिए ।
लेफ्टिनेन्ट डेरिक अल्फ्रेडले गालेगोसका ७ र ११ वर्षका दुई सन्तानले कोठाको ढोका बारम्बार ढक्ढकाइरहेका थिए । ढोका नखुलेपछि उनीहरुले आफ्नी हजुरआमालाई फोन गरे जसले ९११ मा फोन गर्न सुझाव दिइन् ।
‘यो निकै दुःखद घटना हो,’ उनले भने ।
तीन सन्तानमध्ये एकले ९११ मा फोन गरेपछि ती सबै घरबाट निस्किए । घटनास्थल पुगेपछि ती बच्चाहरु दौडिएर आफूहरु भएठाउँ आएको प्रहरीले जानकारी दिएको छ । यीमध्ये कसैलाई पनि कुनै चोट देखिएको छैन ।
लेफ्टिनेन्टका अनुसार र्‍यापर ती बालबालिकाका पिता होइन र उनीहरु अहिले परिवारका अन्य सदस्यसँग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण