शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

शुक्रबार, २३ पुस २०७८, १० : ४३
शुक्रबार, २३ पुस २०७८

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।

पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । 

शनिबार बलिउड कलाकार असिम कौरको पनि दरबारमार्गमा रहेको क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्ट आयोजना हुँदैछ । जसका लागि उनी शुक्रबार मध्यान्न काठमाडौं आउँदैछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप