नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ
६५ सय लिटर मह बरामद
शुक्रबार, ०७ माघ २०७८, ०९ : ०९
नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण