क्यामरुनमा नाइटक्लबमा आगलागी, १६ जनाको मृत्यु
क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रि क्लबमा आतिशबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ । क्यामरून सरकारले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतिशबाजीका कारण उक्त दुःखद घटना भएको बताएको छ ।
घटनाबारे सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासी आगलागी’ भएपछि १६ जनाको मृत्यु भएको र आठ गम्भीर घाइते भएको देखिएको छ ।”
यस आगलागीमा राजधानीको माथिल्लो क्षेत्रमा रहेको राजदूतावास र कुटनीतिज्ञ निवास रहेको भवनमा सञ्चालित लिभ्स नाइट क्लबको मुख्य कोठामा क्षति पुगेको छ ।
मन्त्रालयले भनेको छ, “यी स्थानहरूमा प्रायः प्रयोग गरिने आतिसबाजीबाट भएको विस्फोटनको कारण पहिलो भवनको छत जलेको थियो भने पछि दुईवटा ठूलो विस्फोट भई धेरै व्यक्तिको ज्यान गुमेको छ ।
अग्नि नियन्त्रकहरूका एक अधिकारीले एएफपीलाई आफ्नो परिचय नबताउने शर्तमा भने, “उद्धारका लागि हामी आइपुग्दा यहाँ आगलागीका कारण मानिसहरू आतंकित भेटिएका थिए भने आगोको ज्वालासँगै सतहदेखि धेरै माथिसम्म धुवाँको मुस्लो देखिन्थ्यो ।”
एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको समूहले १६ जनाको मृत्यु र पाँच जना घाइते भएको पुष्टि गरेको छ । क्यामरुनले देशको पश्चिममा नियमित हिंसाको बावजुद एएफकोन टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ । यसै खुसियालीमा आतिशबाजी गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं