
भरतपुर विमानस्थलबाट २४ किलो बढीको चाँदीका गरगहनासहित दुई पक्राउ

चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजयकुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो । उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ