
भारतबाट पक्राउ परेका फरार कैदी परियार पुर्पक्षका लागि कारागार चलान

दाङको घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले भारतको पञ्जाब लुधियानाबाट पक्राउ गरेर कारागार प्रशासनले मार्फत अदालतमा बुझाएपछि पुर्पक्षका लागि कारागार चलान गरेको गरेको जनाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई थुनामा राख्ने आदेश दिएका थिए । परियारको बयान र थुनछेक पछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ