लघुकथा : पेशा
आज स्कूलमा सुनिताको क्लासमा नेपाली पढाउने मिसले सबै जनासँग एक एक गर्दै “आफ्नो आफ्नो बाबुआमाले के गर्नु हुन्छ भन ।” भनेर सोध्नु भयो । सायद सबैका फरक फरक पेशा हुन्छन् भन्ने बुझाउनको लागि होला । सबैले आफ्ना बुबाआमा जे गर्छन्, त्यो भन्दै गए ।
कसैको बुबाआमा अफिस जाने, कोही पसल जाने, कुनैले टेक्सी चलाउने, कसैले झोला बनाउने त कसैले कपडा सिलाउने, कोही कागजका सामान बनाएर पर्यटकलाई बेच्ने र कोही माटाका भाँडा बनाउने आदि विभिन्न पेशा भएका मानिसका बाबुनानी सुनिताका साथीहरु रहेछन् ।
साँझमा सुनिता एक्लै हुन्छिन् भनेर बुबाआमा हतार हतार अफिसबाट घर आइपुगे । छोरीले भोक लागेर फुको चिउरा कचौरामा लिएर खाँदै ढोकामा कुरेर बसेकी थिइन् । बुबाआमा आइपुग्ने बित्तिकै सुनिताले भनिन् “बाबा मामु हजुरहरु पनि राजनीति गर्नु न,’ हल्का रमाइलो मान्दै बुबाले मायालु पारामा सोध्नु भयो “किन छोरी ?’
उनले भनिन्, ‘हजुरहरुले राजनीति गरेपछि हाम्रो पनि कार हुन्छ । कहिले पोखरा, कहिले इलाम घुम्न जान पाइन्छ । हजुरहरु अफिस जानु पनि पर्दैन, अनि हाम्रो पनि घर हुन्छ ।” छोरीको अबोध चाहना पुरा गर्ने हैसियत उनीहरुसँग थिएन । उनीहरु एकापसमा हेराहेर गर्न थाले । छोरीले अगाडि सरेर फेरी बोलिन्, “हाम्रो आफ्नै घर भएपछि त म पनि छतमा जान पाउँछु ।”
पोखरा– ७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण