लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
सारांश
- संयुक्त राष्ट्र सङ्घको आव्हानमा लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ ।
- सातौँ डफ्फालाई बदली गर्न आठौँ डफ्फाको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
- बिहीबार ४२ जना शान्ति सैनिकहरूको टोली लिविया प्रस्थान गरेको छ भने ६१ जना स्वदेश फिर्ता भएका छन् ।
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यका लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ ।
लिवियास्थित युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिवियाुमा कार्यरत नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फालाई बदली गर्नको लागि गुरूबक्स गुल्म (शान्ति सेना) आठौँ डफ्फाको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
नेपाली सेनाका अनुसार, बिहीबार आठौँ डफ्फाका ४२ जना शान्ति सैनिकहरूको टोली लिविया प्रस्थान गरेको छ । सोही दिन उक्त मिसनमा आफ्नो निर्धारित कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका सातौँ डफ्फाका ६१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसै क्रममा लिवियामा पनि नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको म्यान्डेट बमोजिम सुरक्षा र सहयोग उपलब्ध गराउँदै आएको छ ।
हाल लिवियामा रहेको उक्त मिसनमा नेपाली सेनाका कुल २१३ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । बाँकी रहेका सैनिकहरूको अदलीबदली पनि क्रमिक रूपमा हुने सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण