को बन्ला लता मंगेशकरको सम्पत्तिको मालिक ?
‘भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।
लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन् । एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।
उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाई २५ रुपैंयाँ थियो । तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो ।
लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौं पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।
लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए । जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण