लता मंगेशकरको नर्सको खुलासा : अन्तिम दुई दिन भयानक रह्यो
स्वर कोकिला लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको नर्स रहेकी सारिका देवानन्द भीसेले द इकोनोमिक टाइम्सलाई दिएको अन्तरवार्तामा लताको निधन अघिका दुई दिनबारे जानकारी दिएकी छिन् । सारिकाले लतालाई मृत्यु हुनु दुई दिन अघि निकै नै गाह्रो भएको बताइन् । निमोनिया र कोरोनाको संक्रमणपश्चात् उनको फोक्सोमा दुईवटा धब्बा देखिएको थियो ।
सारिकाले २९ दिनसम्म लताको हेरविचार गरेकी थिइन्ः
सारिकाले आफू लताको मृत्यु हुने बेला उनीसँगै भएको बताएकी छिन् । उनले अस्पतालमा हुँदा लताको व्यवहार स्मरण गर्दै भनिन्, ‘दिदीले सधैँ आफूभन्दा अघि हाम्रा कर्मचारीबारे सोच्नुभयो । हामी उहाँलाई प्रेम गर्दथ्यौँ र अब हामीलाई उहाँको कमी महसुस हुन थालेको छ । निमोनिया र कोभिड–१९ का कारण उहाँको फोक्सोमा समस्या थियो । उहाँ यसबाट निस्किसक्नुभएको थियो तर उहाँमा पुनः भाइरस संक्रमण र निमोनियाको लक्षण देख्यौँ । उहाँको अक्सिजनको स्तर पनि खस्किएको थियो । उहाँलाई पुनः भेन्टिलेटरमा राख्नुपरेको थियो । ’
उनका अनुसार उनी लतासँग सन् २०१५ देखि सम्पर्कमा रहेको र आफूहरुले लताको नेतृत्वमा नर्सको एउटा ब्युरो पनि खोलेका थिए । सारिकाले भनिन्, ‘लता दिदी अस्पतालमा भर्ना भएको २९ दिनसम्म मैले नै उहाँको रेखदेख गरेको थिएँ । ’
सारिका र उनको ब्युरोकी अर्की एक सहकर्मी अश्विनी आइसीयूमा रहेकी थिइन् जबकी उनका परिवारका सदस्य बाहिर प्रतीक्षा गर्दथे ।
‘अन्तिम दुई दिन भयानक’
सारिकाका अनुसार डाक्टरले उनलाई बचाउन पूरा प्रयास गरिरहेका थिए तर शनिबार मध्यान्हदेखि उनको पिसाब भइरहेको थिएन जसका कारण उनको मृगौलामा असर पर्यो । त्यसपछि उनलाई दुईपटक डायलिसिसमा राखे तर त्यसले कुनै प्रतिक्रिया देखाइरहेको थिएन । अन्ततः उनले आइतबार बिहान ८ बजेर १२ मिनेटमा अस्पतालमा अन्तिम सास फेरिन् । सारिकाले लताको जीवनको अन्तिम दुई दिनलाई भयानक बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण