जगजित सिंहले जवान छोरोको मृत्युपछि गायन छोडेका थिए, लता मंगेशकरसँग एल्बममा गीत गाएर गरेका थिए फिर्ती
गजल किङ जगजित सिंहको आज जन्मजयन्ती हो । गजल सम्राट भनेर चिनिने जगजितले आफ्नो करियरमा थुप्रै गजल गाएर प्रशंसकको मनमा राज गरेका छन् । सङ्गीत संयोजन, सङ्गीतकार र गायकको आवाजमा एउटा जादु थियो जसले हरेक उमेरका व्यक्तिलाई आफूतर्फ आकर्षित गरेका छन् ।
जगजितको जन्मदिनको विशेष मौकामा उनीबारे केही रोचक प्रसंग यस्ता छन्ः
बाल्यकालदेखि नै थियो गायनमा रुचीः
जगमोहन सिंह उर्फ जगजित सिंहको जन्म ८ फेब्रुअरी सन् १९४१ मा राजस्थानको श्री गंगानगरमा भएको थियो । आफ्नो गजलमा शान्त र शालीन देखिने जगजित बाल्यकालदेखि नै निकै चञ्चले थिए । उनका पिताले छोराको क्षमता बुझेर उनका लागि एक सङ्गीत शिक्षक राखिदिएका थिए । त्यतिबेला जगजितले पढाई र सङ्गीत दुबैमा बराबर ध्यान दिन सकून् भने पिताको अपेक्षा थियो । एकातिर जगजित पूरा रुचीका साथ सङ्गीतमा महारत हासिल गरिरहेका थिए भने अर्कोतर्फ उनी स्कूलको परीक्षामा फेल भएका थिए ।
सुटुक्क भागेर मुम्बई आएका थिए जगजितः
जगजित सिंहले सन् १९६१ मा अल इन्डिया रेडियोमा गीत गाउन सुरु गरेका थिए । उनले सङ्गीतको सुरुवाती शिक्षा पंडित छगन लाल शर्मा र पछि उस्ताद जमाल खानसँग लिएका थिए । केही वर्षसम्म अल इन्डिया रेडियोमा काम गरेपछि जगजित आफ्नो परिवारलाई केही नभनी केही ठूलो उद्देश्य बोकेर मुम्बई भागेका थिए । उनी बलिउड फिल्मका लागि गीत गाउन चाहन्थे । थुप्रै दिनसम्म लगातार संघर्ष गरेपछि उनले विज्ञापनका लागि जिंगल गाउने मौका पाए र पछि उनी बलिउडमा प्रवेश भए ।
संघर्षका दिनमा भएको थियो चित्रासँग भेटः
सन् १९६७ को समयमा मुम्बईमा जगजित सिंह कामको खोजीमा भड्किरहेका थिए । त्यतिबेला उनको भेट गायिका चित्राससँग भयो । चित्रा त्यतिबेला विवाहित थिइन् , यी दुईको भेट भयो, दोस्ती भयो र दोस्ती प्रेममा परिणत भयो । पहिलो भेट भएको दुई वर्षपछि सन् १९६९ मा चित्राले पहिलो श्रीमानलाई सम्बन्धविच्छेद दिएर जगजितसँग विवाह गरिन् ।
एक अन्तरवार्तका बेला चित्राले पहिलो पटक जगजितको गीत सुन्दा आफूलाई फिटिक्कै मन नपरेको बताएकी थिइन् तर पछि चित्रा उनको गीतको पारखी नै भएकी थिइन् । पछि जगजित, चित्राका गुरु पनि बनेका थिए । सन् १९८० सम्म जगजित सिंह गजल किङ बनिसकेका थिए, यी दुईले थुप्रै पटक कन्सर्ट पनि गरिसको थिए । छोरा विवेकको जन्मपछि सन् १९७७ मा यी दुईले एकसाथ एल्बम ‘द अनफर्गेटेबल’ रिलिज गरेका थिए, जुन असाध्यै हिट साबित भयो । एल्बमको गीत ‘बात निकलेगी’ बाट जगजितको असाध्यै चर्चा भएको थियो ।
छोराको मृत्यु पछि छोडिदिए गायनः
जगजित सिंह र चित्राका छोरा विवेक सिंहको एक कार दुर्घटनामा निधन भएको थियो । २० वर्षका छोरा गुमाएका कारण यी दुई यति शोकमा थिए कि उनीहरुले आफ्नो गायन छोड्ने निर्णय गरे । यद्यपि, दर्शकको मायाले जगजितलाई एक वर्षपछि पुनः गायनमा फिर्ता ल्याउन सफल भयो । जबकी उनकी श्रीमती चित्राले सन् १९९० मा छोराको मृत्युलगत्तै सधैँका लागि गायन छोड्ने घोषणा गरेकी थिइन् ।
लता मंगेशकरसँग गरेका थिए कमब्याकः
छोराको मृत्यु भएको एक वर्षपछि जगजितले लता मंगेशकरसँग ‘सजदा’ एल्बममार्फत् फिर्ती गरे । पछि जगजितले ‘अर्थ, सा–साथ र प्रेमगीत’ जस्ता फिल्मका लागि पार्श्वगायन गरे । सरफरोश फिल्मको गीत ‘होशवालोँ को खबर क्या’, दुश्मन फिल्मको गीत ‘चिट्ठी ना कोई सन्देश’ र तरकीब फिल्मको गीत ‘किसका चेहरा अब मे देखुँ’ जगजितका सबैभन्दा हिट गीत थिए । साथै जगजितले टिभी सिरियल ‘मिर्जा गालिब’ समेत थुप्रै फिल्मका लागि सङ्गीत संयोजन गरे ।
७० औँ जन्मदिनका लागि ७० वटा कन्सर्टको सम्झौता गरेः
सन् २०११ मा जगजित सिंहले ७० वर्ष पूरा गरेका थिए । यसै जन्मदिन मनाउनका लागि गजल किङले ७० कन्सर्ट साइन गरे । यूके, सिंगापुर र मोसिससमा कन्सर्ट गरेपछि गायकले मुम्बईमा गुलाम अलीसँग प्रस्तुती दिने कार्यक्रम थियो । तर त्यसअघि नै उनलाई ब्रेन ह्यामरेज भयो । मुम्बईको लिलावती अस्पतालमा दुई हप्तासम्म कोमामा रहेपछि उनको १० अक्टोबर सन् २०११ मा निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण