सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै
नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४।५ किमी दूरीको हुनेछ । सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ ।
खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन् । प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख १० हजार, रु ७५ हजार र रु ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु ६०, रु ३५ र रु २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३०, रु २० र रु १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण